काठमाडौं, भदौ २४ — काठमाडौंमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको नैकापस्थित निवासमा प्रदर्शनकारीहरू पुगेका हुन्।
घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएका छन् र घरमा तोडफोड तथा आगजनीको घटना भइरहेको छ।
यसैक्रममा अन्य उच्च नेता तथा राजनीतिक व्यक्तित्वहरूको घरमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका घटनाहरू रिपोर्ट भएका छन्।



