नेपालमा विपद् व्यवस्थापनमा चीनसँग सहकार्यलाई ऊर्जा मन्त्रीको जोड

Date:

काठमाडौँ, असार २६ – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनका कारण आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यून पार्न चीनसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

ऊर्जा मन्त्रालयद्वारा आयोजित ‘मनसुन पूर्वतयारी तथा व्यवस्थापन कार्यक्रम–२०८२’ मा बोल्दै मन्त्री खड्काले नेपालका धेरैजसो नदीहरू चीनको भूभागबाट उत्पत्ति हुने भएकाले सूचनाको आदान–प्रदान, प्रविधि साझेदारी र सतर्कता उपायमा दुवै देशबीच सहकार्य गर्नुपर्ने बताएका हुन्।

उनले हिमताल विस्फोट वा आकस्मिक बाढीका जोखिमका कारण समयमै पूर्वसूचना नपाउँदा ठूलो क्षति हुने जनाउँदै, नेपालमा साइरन प्रणाली जस्ता पूर्वसावधानीका उपाय विस्तार गर्नुपर्नेमा जोड दिए। उनका अनुसार हिमनदी फुट्दा असर सिधै नेपालमा देखिने भएकाले सतर्कता अत्यावश्यक छ।

पूर्वसूचना प्रणाली अझै कमजोर रहेको उल्लेख गर्दै मन्त्री खड्काले जलविद्युत्, सिंचाइ, पूर्वाधार र सुरक्षा निकायहरूबीच सशक्त समन्वय हुनुपर्ने बताए। साथै, आवश्यक उपकरण भन्सार छुटमा ल्याउने विषयमा अर्थ मन्त्रालयसँग छलफल हुने जानकारी पनि दिए। कार्यकुशल कर्मचारीलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने प्रणालीको आवश्यकता पनि उनले औंल्याए।

कार्यक्रममा मन्त्रालयका सचिव सरिता दवाडीले हिमाली क्षेत्रमा मापन स्टेशन थप गर्नुपर्ने बताइन्। जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रले दीर्घकालीन तयारी र चीनसँगको मौसम र जलसम्बन्धी सहकार्य मजबुत बनाउनु जरुरी रहेको बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवामा हालै आएको बाढीले विभिन्न जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिको जानकारी गराउँदै समयमै सूचना पाएमा जोखिम कम गर्न सकिने धारणा राखे।

उर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले तीनै तहका सरकारबीच समन्वयबिना विपद् व्यवस्थापन सम्भव नहुने बताउँदै, सूचनाको साझा संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

सरकारको दीर्घकालीन सोचअनुसार, मनसुनजन्य विपद्लाई नियमित प्रक्रिया मानेर ठोस रणनीति निर्माण गर्नुपर्ने र यसमा चीनसँगको प्रभावकारी सहकार्य निर्णायक हुने देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...