काठमाडौं, ४ असोज – यस वर्षको दशैंमा टीका लगाउने उत्तम समयबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा असोज १६ गते बिहान ११:५३ बजे टीकाको शुभ साइत रहेको जानकारी गराइसकेको छ।
अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशका लागि पनि शुभ समय तोकिएको छ। भारतमा ११:४९ बजे, अमेरिकाको न्युयोर्कमा ११:२५ बजे, फ्र्यांकफर्ट र केन्टुकीमा ११:५७ बजे, टेक्सासमा ११:३३ बजे, क्यालिफोर्नियामा ११:११ बजे, क्यानडाको टोरेन्टोमा ११:११ बजे र अष्ट्रेलियाको सिड्नीमा ११:४३ बजे टीकाको साइत उत्तम रहने जनाइएको छ।
यस वर्ष दशैं असोज ६ गते घटस्थापना गरी सुरु हुने छ। असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत रहेको छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्राको कार्यक्रम तय गरिएको छ। फूलपाती असोज १३ गते सोमबार बिहान ७:१७ बजे, श्री तुलजाभवानी यात्रा र स्थिरासन बिहान ९:२३ बजे हुने पञ्चाङ्गमा उल्लेख छ।
टीका ग्रहण गर्दा पूर्वतर्फ मुख गरेर ग्रहण गर्नु शुभ मानिन्छ। यसरी टीका ग्रहण गर्दा परिवारमा सुख, समृद्धि र दीर्घायुको कामना गरिन्छ।
नेपालसहित प्रमुख देशका शुभ साइत




