काठमाडौँ, असोज ५ — नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा बिक्री भएको थियो। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ४० रुपैयाँ बढेर चाँदी २,६२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।



