नेपाल–चीन समझदारी: चार परियोजनामा सहयोग, पुनर्निर्माणमा प्राथमिकता

Date:

काठमाडौं, साउन ५ — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले नेपाललाई सहयोग गर्ने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोङबीच भएको भेटवार्तामा उक्त प्रतिबद्धता जनाइएको हो।

असार २४ गते तिब्बत क्षेत्रबाट आएको लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशीमा मिसिएर शक्तिशाली बन्दै गएको थियो। त्यसबाट ६ जना चिनियाँ नागरिकसहित १७ जना बेपत्ता भएका थिए। हालसम्म ११ शव तथा केही मानवअंग फेला परिसकेका छन्।

चीनले नेपाल सरकारले उद्धार तथा खोजीमा देखाएको सक्रियता र तत्परताको कदर गर्दै बाढीपछि नेपाललाई आवश्यक सहायता गर्ने घोषणा गरेको हो। अर्थमन्त्री पौडेलले पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जनाउँदै चीनको सहयोगप्रति आभार व्यक्त गरे।

बैठकपछि चार परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ, जसअनुसार चीनले भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनका पुनर्निर्माणमा सहयोग गर्नेछ।

उनले रसुवा नाकालाई आयात-निर्यात र राजस्वका दृष्टिले महत्वपूर्ण बताउँदै पुनर्निर्माण कार्यलाई छिटो अघि बढाइने उल्लेख गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...