नेपाल–थाइल्यान्डबीच ऐतिहासिक सम्बन्ध, पर्यटनमा सहकार्यको सम्भावना : परराष्ट्रमन्त्री राणा

Date:

काठमाडौं, साउन ९ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्यान्डबीच गहिरो सांस्कृतिक समानता रहेको बताउँदै पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने सम्भावनाबारे जोड दिएकी छिन्।

राजधानीमा आयोजित ‘थाई फ्लेभस् इन द हिमाल्ज’ ट्रेड फेयरको उद्घाटन कार्यक्रममा बोल्दै उनले दुई देशबीच ऐतिहासिक सम्बन्ध मार्फत सांस्कृतिक, धार्मिक र बहुसांस्कृतिक मूल्यहरूको साझा सम्मान र सहिष्णुता रहेका कुरा औँल्याइन्।

परराष्ट्रमन्त्रीले नेपाल र थाइल्याण्डमा पाहुनाहरूसँग व्यवहार गर्दै गरिने स्वागत संस्कार, पर्यटन प्रवर्धन र दुई देशका साझा समृद्धिको सम्भावनामा जोड दिइन्।

उनले नेपालमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा थाई लगानीकर्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेको र उद्योग र हस्तकलामा पनि थाई व्यवसायीहरूलाई लगानी गर्न आग्रह गरिन्। मन्त्री राणाले दुई देश स्वतन्त्र र स्वाधीन राष्ट्र भएकाले साझा विकासका लागि थप सहकार्य आवश्यक भएको पनि स्मरण गराइन्।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको थाइल्याण्ड भ्रमणमा सरकार र निजी क्षेत्रबीच भएको सहमति तथा समझदारीहरूको चर्चा गर्दै भविष्यका परियोजनाहरूमा यसले थप प्रगति ल्याउने विश्वास व्यक्त गरिन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...