नेपाल योगको ऐतिहासिक भूमि रहेको पुष्टि हुँदै : राष्ट्रपति पौडेल

Date:

काठमाडौँ, असार ७ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई योगको ऐतिहासिक र सांस्कृतिक मूलभूमिका रूपमा पुष्टि गर्दै त्यसको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपतिको भनाइ थियो, “योग, ध्यान र साधनाले शरीर, मन र आत्माको सन्तुलन कायम गरी तनावमुक्त जीवन दिने मात्र होइन, सकारात्मक ऊर्जा प्रदान गर्ने मार्ग हो।” उनले नेपालमा प्राचीनकालदेखि नै योग विज्ञानको प्रयोग हुँदै आएको ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरूले पुष्टि गर्दै आएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले नेपालको भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदामा योगको गहिरो प्रभाव रहेको र यसलाई अब राष्ट्रिय नीति, शिक्षाको पाठ्यक्रम र जनस्वास्थ्यको अभिन्न अङ्गका रूपमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए।

संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ। यस वर्ष “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नारासहित दिवस मनाइँदैछ।

उनले नेपालको योग संस्कृतिलाई वैज्ञानिक जीवनशैलीका रूपमा विश्वसमक्ष चिनाउने अवसरको रूपमा लिनुपर्ने पनि बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...