नेपाल सञ्चार क्षेत्रमा समावेशिताको उत्कृष्ट नमूना बन्दै गएको मन्त्री गुरुङको भनाइ

Date:

काठमाडौँ, असार ४ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई सञ्चार क्षेत्रमा समावेशिताको उत्कृष्ट उदाहरणका रूपमा अगाडि बढिरहेको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजना गरिएको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले सार्वजनिक सेवा प्रसारण (पीएसबी ) ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

उनका अनुसार नेपाल दक्षिण एशियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशहरूमध्ये पर्दछ। संघीय लोकतान्त्रिक प्रणालीको कार्यान्वयनपछि सञ्चार तथा सूचना प्रविधि क्षेत्र सबैभन्दा समावेशी बनेको दाबी उनले गरे।

गोरखापत्र दैनिकले हाल ४५ भाषामा अतिरिक्त सामग्री प्रकाशन गर्दै आएको, रेडियो नेपालले २५ वटा नेपाली भाषामा समाचार प्रसारण गरिरहेको, राससले पनि मैथिली र नेपाल भाषामा समाचार समेटेको जानकारी उनले दिए। साथै उनले चाँडै तामाङ भाषामा पनि समाचार सुरु गरिने बताए।

उनको भनाइमा, “साउथ एसियामा पीएसबी लागु गर्ने क्रममा नेपाल इन्डियापछि अग्रणी छ। गोरखापत्रमा ४५ भाषामा सामग्री प्रकाशन हुनु संसारमै दुर्लभ उदाहरण हो।” नेपालमा बोलिने सबै भाषामा राष्ट्रिय समाचार समिति (रासस) बाट समाचार उत्पादन गर्ने लक्ष्यसमेत सरकारको रहेको उनले उल्लेख गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...