नेप्से परिसूचक १०८ अंकले बढ्दा बजार पुँजीकरणमा ठूलो बृद्धि

Date:

काठमाडौं, २१ असार — यस साताको नेप्से परिसूचक १०८.२२ अंकले वृद्धि भएसँगै सेयर बजारको कुल पुँजीकरणमा करिब १ खर्ब ८० अर्ब रुपैयाँको बृद्धि भएको छ। यस सातामा २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको मूल्य घटेको छ। जलविद्युत् कम्पनीहरूले बजारमा आफ्नो वर्चस्व कायम राखेका छन्।

जीवन बिमा, फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन लगायतका उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। जीवन बिमा उपसमूह ८.५०%, फाइनान्स ७.३८%, विकास बैंक ७.२६% र निर्जीवन बिमा ७.०२% ले बढेको छ। बैंकिङ, लघुवित्त र लगानी उपसमूहमा पनि उल्लेखनीय वृद्धि भएको छ।

सेयर मूल्य बढाउने कम्पनीहरूमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, खानीखोला हाइड्रोपावर, भूगोल इनर्जी, विन्ध्यवासिनी हाइड्रोपावर, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, नेपाल फाइनान्स, विन नेपाल लघुवित्त र धौलागिरी लुघवित्त रहेका छन्। राप्ती हाइड्रोको सेयर मूल्य २६.२२%, सिन्धु विकास बैंक २३.७५%, ग्रिन डेभलपमेन्ट बैंक २३.५८% ले बढेको छ।

यता, सेयर मूल्य घटाउने कम्पनीहरूको सूचीमा मध्य सोलु हाइड्रोपावर, बुटवल पावर, कालिका पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, ग्रिनलाइफ हाइड्रोपावर, मायाखोला हाइड्रोपावर लगायत रहेका छन्। मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य ५.६९%, बुटवल पावर ५.०३% ले घटेको छ।

कारोबार रकमका आधारमा साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ, जसको कारोबार रकम १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी छ। अन्य उच्च कारोबार गर्ने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधी विद्युत् कम्पनी, सप्तकोशी विकास बैंक, ङादी ग्रुप पावर, सानिमा माई हाइड्रोपावर, युनियन हाइड्रोपावर, वरुण हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन्।

नेप्सेका अनुसार पाँच कारोबार दिनमा कुल ३९ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बजार पुँजीकरणमा भएको यो वृद्धिले लगानीकर्ताहरूको सम्पत्तिको मूल्य बढेको संकेत गर्दछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...