न्यूक्लियर केन्द्रमा इजरायली आक्रमण, इरानको जवाफी हवाई हमला

Date:

असार ६, काठमाडौं – इजरायल र इरानबीचको सैन्य तनाव आठौं दिनमा प्रवेश गर्दा दुवै देशबीच आक्रमण–प्रत्याक्रमणको श्रृंखला तीव्र बनेको छ। इजरायलले इरानका दुई महत्वपूर्ण न्यूक्लियर केन्द्रहरूमा आक्रमण गरेको छ भने इरानले पनि इजरायलमाथि हवाई आक्रमण सुरु गरेको छ।

इजरायली सेनाले बिहीबार इरानको अराक र खोन्डब स्थित हेभी वाटर रिएक्टरहरूमा आक्रमण गरेको पुष्टि गरेको छ। यी रिएक्टरहरू प्लुटोनियम उत्पादनमा प्रयोग हुने भएकाले रणनीतिक रूपमा संवेदनशील मानिन्छन्। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) का अनुसार खोन्डब केन्द्रमा डिस्टिलेशन युनिटसहितका संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

यता, इरानले इजरायली प्रधानमन्त्री नेतान्याहुको मुखपत्रको रूपमा चिनिने च्यानल १४ को कार्यालयलाई निशाना बनाउने चेतावनी दिएको छ। इजरायली अधिकारीहरूका अनुसार हालसम्म युद्धमा इजरायलमा २४ जनाको मृत्यु र ६ सयभन्दा बढी घाइते भएका छन् भने इरानमा ६३९ जनाको ज्यान गइसकेको छ।

शुक्रबार बिहानैदेखि इरानले इजरायलतर्फ हवाई आक्रमण सुरु गरेको जनाइएको छ। इजरायली डिफेन्स सिस्टमले मिसाइलहरू अवरोध गर्ने प्रयास गरिरहेको छ। इजरायलले आफ्ना नागरिकलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्दै उच्च सतर्कता जारी राखेको छ।

यसबीच अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधानतर्फ फर्कन आह्वान गर्दै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...