पर्यटनमैत्री विकास हुनुपर्‍यो

Date:

खेम घिमिरे
पयर्टन व्यवसायी

पुख्र्यौली घर अर्घाखाँची भएका खेम घिमिरे पर्यटन व्यसायी हुन् । उनी विगत १२÷१३ वर्षदेखि यो पेसामा आबद्ध छन् । विशेष गरी पशुपतिनाथलाई केन्द्रित गरेर होटल व्यवसाय गर्दै आएका खेम घिमिरेले एक्लै यो व्यवसाय सम्हालेका होइनन् । उनीहरूको एउटा टिम छ । त्यहाँ सरसल्लाह गरेर नै यो व्यवसाय सञ्चालनमा छ । घिमिरेसँग पर्यटनसँग सम्बन्धित रहेर सिटी न्यूजले गरेको कुराकानी ः

यहाँहरूको यो होटल सेवा कतिवटा छन् ?

११ वर्ष पुरानो रामेश्वरम् होटल छ । यो लगायत हामीले अहिले होटल बद्रिनाथ, होटल निराकार गरी तीवटा होटल यही एरियामा
सञ्चालन गरिरहेका छौं ।

यहाँहरूको नाम राख्ने तरिका या यहाँहरूको प्रभावले हो यी होटलहरू राम्रो चलेको देखिन्छ । होटल बद्रीनाथ नाम नैकति पवित्र राख्नुभएको छ । यसरी होटलहरू चल्नुको मूलमन्त्र के हो? बताउन मिल्ला ?

हाम्रा तिनवटै होटल भगवान्कै नामबाट राखिएको छ । रामेश्वरम्भ गवान्कै नाम भयो । होटल निराकार, निराकार पनि शिवजीकै एउटा रुप हो । बद्रिनाथ पनि एउटा धाम चार धाममध्येको एउटा धामको नामबाटै सञ्चालन गरेका छौं । यो एरियामा विशेष गरी धार्मिक पर्यटकहरू बढी आउने हुनाले र यो एरिया पनि धार्मिक आस्थासँग जोडिएको हुनाले र यहाँ धार्मिक पर्यटक नै उल्लेख्य मात्रामा आउने हुनाले हामीले धार्मिक नाम राखेका हौं । फेरि हामी हिन्दूहरू हामीले हिन्दू देवताहरूकै नाममा होटल सञ्चालन गरेका हौं । ए कहाँ हो भन्दा म हो रामेश्वरम्मा छु, म होटल बद्रीनाथमा छु या म होटल निराकारमा छु भन्दा भगवान्को नाम लिन पनि पाइयो ।त्यसैले गर्दा पनि हामीले भगवान्को नामबाट होटलहरू सञ्चालन गरेका हौं ।

यो एरिया धार्मिक एरिया हो । यो गौशाला क्षेत्रमा धेरै होटलहरू सञ्चालनमा छन् तर तपाईंहरूको जति राम्रोसँग अरु होटल चलेका छैनन् । खासगरी पर्यटक आकर्षणको लागि के के गर्नुपर्छ ? यसको मूलमन्त्र केही छ कि, भए बताउन मिल्ने भए बताइदिनुहोस् न ?

अन्यत्रको भन्दा गौशाला भनेको भारतीय पर्यटकको आकर्षणको केन्द्र हो । यहाँ भारतीय पर्यटकहरू पशुपतिनाथको नाम लिएर नै आउनुहुन्छ । पशुपति आउने पर्यटकलाई हामीले राम्रो सेवा सुविधा दिएर यही राख्न सक्यौं भने भन्ने लागेर हामीले होटल सञ्चालन गरेका हौं । आजभन्दा १२/१३ वर्ष हामीले रामेश्वरम् होटल तेस्रो होटलको रुपमा सञ्चालन गरेका हौं । हामीले यो एरियालाई राम्रो गराउनुपर्छ, यो आराध्यदेव भएको ठाउँ । अर्को अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक भएको ठाउँ, त्यही हिसाबले यो एरियामा पर्यटक आउँछन्, यही केही गरौं र गर्नुपर्छ भनेर हामी लागेको हो । त्यसमा कतिपय चिजमा सक्सेस पनि भइयो होला कतिपय चिजमा हुँदै पनि छौं । एउटा कुराचाहिँ के हो भने यहाँ आउने गेस्टहरू मध्यम वर्गका हुनुहुन्छ । यहाँ आउने धेरैजसो पर्यटक भारतीय मुलको हुनुहुन्छ र मध्यम वर्गको हुनुहुन्छ । उहाँहरूसँग धेरै पैसा खर्च गर्न सक्ने, विलासी खर्च गर्न सक्ने क्राइटेरियाको गेष्टहरू आउनुहुन्न । मध्यमस्तरको पर्यटकहरू नै यहाँ आउनुहुन्छ । उहाँहरूलाई थोरै खर्चमा पनि कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ, जो भगवान्को दर्शन आउनुभएको छ भन्ने हिसाबले नै हामीले यो सेवा सञ्चालन गरेका छौं । अर्को कुरा यो एरियामा अहिलेको अवस्थामा हाम्रो होटल राम्रोसँग सञ्चालन भइरहेको छ । तर गत वर्षहरूको भन्दा अहिले पर्यटकको संख्यामा गिरावट आाएको छ । यसो हुनुमा अहिले नेपाल एयरलाइन्सले दैनिक दुई उडान गथ्र्यो अहिले एउटा मात्रै उडान गर्छ । त्यसो हुँदा ४/५ हजार आइसीमा दिल्लीबाट काठमाडौं आइन्थ्यो । १० हजार आइसीमा अपन डाउन टिकट हुन्थ्यो । अहिले त्यो बढेर अपन डाउनको ४०/५० हजार पुगेको छ । यसकारण पर्यटक घटेका छन् । अर्को हाम्रो काठमाडौं जोडिने प्रत्येक राजमार्ग अबरुद्ध छन् । वर्षौंदेखि भत्काएर राखिएर राजमार्गहरू बनाइएको छैन । त्यसैले राजमार्गमा असाध्यै जाम हुने गरेको छ । स्थलमार्गबाट आउने पर्यटकलाई पनि सास्ती नै छ । यसैले गर्दा पर्यटकको संख्या घट्दो छ । सरकारले पर्यटन मैत्री विकासमा ध्यान पुर्‍याउनुपर्‍यो । बाटाघाटा समयमै बनाउनु पर्‍यो । पशुपतिनाथको नाम मात्र प्रचार प्रसार गरेर पर्यटक ल्याउने हो भने समग्र नेपालकै अर्थतन्त्रमा टेवा पुग्नछे र त्यसबाट राजश्व वृद्धिमा पनि उल्लेख्य टेवा पुग्नेछ भन्ने मलाई लाग्छ ।

 यहाँ एउटा पर्यटन व्यवसायीको हिसाबले सरकारलाई के भन्न चाहनुहुन्छ नि ?

हामी व्यवसायीले भन्ने भन्दा पनि सरकारले गर्नुपर्‍यो । अहिले सबैतिर दयनीय अवस्था छ । व्यवसाय गर्ने मानिस खुसी छैन । अहिले हाम्रो समाज त्यही स्तरमा गएको छ । हामी चिज नेगेटिभमा छौं अहिले पोजेटिभ केही पनि छैन । पहिला तपाईं हामीबाटै सुध्रिनु आवश्यक छ । सरकारलाई मात्र दोष लगाएर मात्रै हुँदैन । कतिपय सरकारले चाहेर पनि नगरेको होला । कतिपय हामीले अपेक्षा गरेअनसुार पनि नभएका होलान् । हामीले एकै पटक यरुोप बनाउँछौं । अमेरिका बनाउँछौं भनेर सम्भव छैन । पचासौं वर्ष लगाएर अमेरिका बनेको हो । पचासौं वर्ष लगाएर युरोप बनेको हो । भारतले अहिले धेरै विकास गरेको छ । ऊ पनि पचासौं वर्ष लगाएर माथि उठेको हो । जतिसुकै जे भए पनि सरकारलाई मात्र दोषी देखाउने खालको हाम्रो कल्चरचाहिँ हटाउनुपर्छ । अर्को कुरा म पर्यटन व्यवसायमा लागेको भएर पर्यटन व्यवसायको पीडा पोख्नुपर्दाखेरी सरकारसँग म के भन्छु भने जुन सरकारले जुन लेवलको पर्यटनको विकास गर्नुपर्ने हो त्यो किसिमको विकास भएको छैन । सरकारले पर्यटन व्यवसायको लागि दिएको बजेट त्यो पर्यटन व्यवसायको लागि खर्च भएको छैन । त्यो एकदमै विलासीतामा खर्च भएको छ । हामीले विभिन्न देशहरूमा टुरिज्म एक्स्पोहरू सञ्चालन गरेर माउन्टे एभरेस्ट, पशपुतिनाथ, मुक्तिनाथ, पोखरालगायत लुम्बिनी यिनै क्षेत्रलाई हामीले पहिचान गरेर विश्वसमुदायलाई चिनाउन सक्यौं भने पनि यता चाइना एक सय पचास करोड जनसंख्या भएको मुलुक छ । यता भारतको जनसंख्या त्यस्तै हाराहारीमा छ । यी दुई देशका वीचमा छौं हामी । यो हाम्रो स्वर्गको टुक्रा हो । हामीले पक्कै पनि युरोप अमेरिका जानुपर्दैन हामीले यी दुई देशका जनसंख्यालाई पर्यटकको रुपमा यहाँ तान्न सक्यौं भने । हाम्रो देशको विकास पर्यटनबाट नै हुन्छ ।

अरु केही भन्नु छ ?

सरकारले पर्यटनका लागि व्यापक प्रचार प्रसार गर्नुप¥यो । पर्यटनमा खर्च गरिएको पैसा के कसरी र कहाँ खर्च भइरहेको छ निगरानी गर्नुपर्‍यो । पर्यटन व्यवसायीले पनि पर्यटकको हितको लागि काम गर्नुपर्‍यो । त्यसरी अगाडि बढ्ने हो यो व्यवसायको भविष्य छ भन्न चाहन्छु । यसका अलावा हामी पर्यटन व्यवसायीसँग यसको समस्या र सम्भावनाको बारेमा हामीलाई केही बोल्ने समय दिनुभयो त्यसको लागि म यो सिटी न्यूजलाई हार्दिक धन्यवाद दिँदै यसको निरन्तरताको कामना समेत गर्दछु ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...