काठमाडौं, भदौ २ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू बनाएर समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन्। उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र सक्रिय हुन सबैलाई आव्हान गरे।
देउवाले पार्टीका भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाई पार्टीभित्र व्यापक एकता कायम गर्न निर्देशन दिँदै आगामी निर्वाचनमा बहुमत ल्याएर स्थिर सरकार गठन गर्न सबैले एकमत भएर काम गर्नुपर्ने बताए। उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले समृद्ध देश भएको हुँदा सबैलाई साथ दिँदै अघि बढ्नु आवश्यक रहेको पनि औंल्याए।
यो भाषणमा उनले पुराना दलप्रति भइरहेको नकारात्मक प्रचार र भ्रम फैलाउने प्रयासको विरोध गर्दै नेपाली कांग्रेस अझ बलियो बन्ने प्रतिबद्धता व्यक्त गरे। आगामी निर्वाचनमा पार्टी एकल बहुमत लिएर सरकार संचालन गर्ने लक्ष्यमा जुट्न पनि उनले पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।



