पूर्वपति सापकोटासँगको विवाद गहिरिँदै, एलिना चौहानले सार्वजनिक गरिन् चोटपटकको तस्बिर

Date:

काठमाडौं, साउन २ — लोकप्रिय गायिका एलिना चौहानले आफ्नो अनुहारमा लागेको चोट देखिने तस्बिर सार्वजनिक गर्दै, न्यायका लागि अगाडि बढ्ने निर्णय गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्, “सत्य मेरो साथमा छ, म कानुनी, सामाजिक र नैतिक बाटो समाउँदै न्याय खोज्नेछु।”

यो तस्बिर ९ जुन २०२४ मा खिचिएको देखिन्छ। एलिनाले यो कदम विष्णु सापकोटाले विज्ञप्ति जारी गरेपछि चालेकी हुन्।

छ महिनाअघि काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्धविच्छेद भएको थियो। तर डिभोर्सपछि पनि उनीहरूको विवाद मिडियामा नियमित आइरहेको छ।

यसअघि एलिनाले सार्वजनिक रूपमा आफूमाथि पूर्वपतिको कुटपिट भएको दाबी गरेकी थिइन्। तर उनी पहिलोपटक प्रमाणस्वरूप चोटपटकको तस्बिर सार्वजनिक गरेकी हुन्।

पूर्वपति सापकोटाले भने आफू अस्ट्रेलिया र नेपालमा कानुनी प्रक्रिया अघि बढाइरहेको बताएका छन्। एलिनाले यसको जवाफस्वरूप चोट देखिने तस्बिर सार्वजनिक गरेपछि यो प्रकरण झन् चर्किएको छ।

अब यो विवाद अझै कता मोड लिन्छ भन्ने विषयमा चासो बढेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...