प्रतिनिधिसभामा पेस भयो कुलिङ पिरियड छानबिन प्रतिवेदन

Date:

२० साउन, काठमाडौं।

संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको त्रुटि र विवादपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधिसभामा पेस गरिएको छ। विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गर्दै विधेयकको दफा ८२ को उपदफा ४ र ५ मा राजनीतिक सहमति अनुसार २ वर्षको ‘कुलिङ पिरियड’को व्यवस्था कायम नगर्नुको कारण स्पष्ट पारेका छन्।

गत असार २३ मा गठित समितिमा सात सदस्य थिए, जसले चार प्रमुख कार्यादेशअनुसार छानबिन कार्य अघि बढाएको थियो। समितिले विधेयक संशोधनमा कसको कस्तो भूमिका थियो भन्ने अध्ययन मात्र नभई, आगामी दिनमा यस्ता कमजोरी नदोहोऱ्याउन आवश्यक सुझावहरू पनि प्रतिवेदनमा समेटिएको बताइएको छ।

समितिले पहिलो चरणमा २१ दिनको समय पाएको थियो, तर समय अपुग भएपछि ७ दिन थपिएको थियो। म्याद सकिएपछि पनि बैठकहरू जारी राख्दै कुल ३७ वटा बैठक सम्पन्न गरेर प्रतिवेदन पेस गरिएको हो। यसबीचमा समितिले विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी निकाय र सरोकारवालासँग सोधपुछसमेत गरेको थियो।

सभापति परियारले प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्दै निजामती सेवा विधेयक संविधान जारी भएको २०७२ सालमै आउनुपर्ने भए पनि प्रक्रिया ढिलाइ भएको स्मरण गराए। हालको विधेयक २०८० फागुन २१ गते संसद्मा आएको थियो, जसमा राज्य व्यवस्था तथा सुशासन समितिको छलफलपछि उपसमिति बनेर विस्तृत अध्ययन गरिएको थियो।

उपसमितिमा भएको छलफल र स्वार्थ समूहको दबाबबीच समेत विधेयकलाई निष्कर्षसम्म पुर्‍याइएको उनले बताएका छन्। सरकारी सेवामा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ व्यवस्था गर्ने विषयमा प्रारम्भिक राजनीतिक सहमति रहे पनि अन्तिम विधेयकमा त्यो तादम्यता नदेखिएको कारण पत्ता लगाउनु समितिको मुख्य उद्देश्यमध्ये एक थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...