प्रधानमन्त्री ओलीको चीन भ्रमण: थियानजिन विमानस्थलमा उच्चस्तरीय स्वागत

Date:

काठमाडौं, १४ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिन शहरमा साङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन पुगेका छन्।

शनिबार बिहान नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो थियानजिनको विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। वहाँलाई चीन सरकारका उच्च अधिकारीहरू र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, चेन सोङ लगायतले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यस भ्रमणमा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डल पनि सहभागी छ।

प्रधानमन्त्री ओलीले आगामी सेप्टेम्बर १ मा थियानजिनमा हुने शिखर सम्मेलनमा सम्बोधन गर्नेछन् भने सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सव स्मृति कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। साथै, सम्मेलनको अवसरमा अन्य विश्व नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...