प्रधानमन्त्री ओलीसँग सुन्धारा पानी निकास र धरहरा पुनर्निर्माणमा स्थानीयवासीको छलफल

Date:

काठमाडौँ, जेठ २३ — ऐतिहासिक महत्त्व बोकेको सुन्धारा र धरहराको संरक्षणको माग गर्दै काठमाडौँ महानगरपालिका–२२ का स्थानीयवासीको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्।

प्रतिनिधिमण्डलमा वडाध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँका जिल्ला सचिव राजेश शाक्य लगायतको उपस्थिति थियो। उनीहरूले ऐतिहासिक सम्पदाको संरक्षण र त्यससम्बन्धी दीर्घकालीन योजना निर्माणमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीयवासीले सुन्धारा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय, भूमिगत पार्किङसहित नयाँ धरहराको निर्माणमा सरकारले देखाएको सक्रियता प्रति धन्यवाद व्यक्त गरे। साथै, सुन्धारामा अनवरत रूपमा बहने पानीको प्राकृतिक स्रोत र धरहराको अवशेष संरक्षण गर्ने विषयमा गम्भीर ध्यान दिन आग्रह गरे।

स्थानीयहरूको भनाइमा अनुसार, विगतमा सञ्चय कोषद्वारा गरिएको भवन निर्माणले सुन्धाराको भूमिगत जल निकास प्रणालीमा क्षति पुगेको थियो। अहिले पनि ढल प्रणालीमा अवरोध हुँदा पानी बग्न सकिरहेको छैन। यस्ता संरचनाको संरक्षण र मर्मतका लागि स्रोत अभाव रहेको जानकारी प्रधानमन्त्रीलाई दिइएको छ।

प्रधानमन्त्री ओलीले सम्पदाको संरक्षणमा संघीय सरकारबाट आवश्यक सहयोग हुने आश्वासन दिँदै काठमाडौँ महानगरपालिकाले पनि संस्थागत ढंगले सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा अग्रसर हुनुपर्ने धारणा राखे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...