फिल्म ‘किङ्ग’ को सुटिङमा शाहरुख घाइते, सर्जरीपछि एक महिना आराम

Date:

काठमाडौं, साउन ३ — बलिउडका सुपरस्टार शाहरुख खान आफ्नो नयाँ फिल्म ‘किङ्ग’ को छायांकनका क्रममा घाइते भएका छन्। मुम्बईको गोल्डन टोबैको स्टुडियोमा एक्शन दृश्य खिच्ने क्रममा उनी घाइते भएका हुन्।

हाल उनी अमेरिकामा उपचाररत छन्। रिपोर्टहरू अनुसार शाहरुखको मांसपेशीमा गम्भीर चोट लागेको छ जसका कारण चिकित्सकहरूले उनलाई सर्जरी गर्न सल्लाह दिएका थिए। शल्यक्रिया पछि चिकित्सकले उनलाई कम्तिमा एक महिनासम्म पूर्ण आराम गर्न भनेका छन्।

शाहरुख अभिनीत ‘किङ्ग’ फिल्मको छायांकन सेप्टेम्बर वा अक्टोबरबाट मात्र सुरु हुने बताइएको छ। यसअघि तय गरिएको जुलाई–अगस्टको सुटिङ सेड्युल रद्द गरिएको छ। फिल्मको छायांकन भारत र युरोपका विभिन्न ठाउँमा गरिने योजना छ।

यो चलचित्र सिद्धार्थ आनन्दको निर्देशनमा बन्नेछ र सन् २०२६ मा रिलिज गर्ने तयारी छ। फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खानले पनि अभिनय गर्नेछिन्। साथै दीपिका पादुकोण, अभिषेक बच्चन, रानी मुखर्जी र अनिल कपूर पनि फिल्ममा देखिनेछन्।

शाहरुख खानका लागि छायांकनको क्रममा घाइते हुनु नयाँ कुरा होइन। यसअघि ‘कोयला’ फिल्मको सुटिङका बेला उनको घुँडामा चोट लागेको थियो भने ‘रा.वन’ फिल्मका बेला पनि उनी गम्भीर चोटका कारण शल्यक्रिया गराएका थिए।

हालै उनले ‘पठान’, ‘जवान’ र ‘डंकी’ जस्ता फिल्ममा सफल अभिनय गरेका छन्। आगामी फिल्म ‘किङ्ग’ लाई लिएर दर्शकहरूमा विशेष उत्साह देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...