बंगलादेशमा आकस्मिक वायुसेना दुर्घटना, दर्जनौँ विद्यार्थीको ज्यान गयो

Date:

काठमाडौं, साउन ६ — बंगलादेशको राजधानी ढाकामा सोमबार भएको एक दर्दनाक विमान दुर्घटनामा २२ जनाको ज्यान गएको छ। मृतकमध्ये धेरैजसो विद्यालयका विद्यार्थीहरू रहेका छन्। घटनामा १ सय ६९ जना प्रभावित भएका छन् भने ८३ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

चीनमा निर्मित एफ–७ बीजेआई लडाकु विमानले दिउँसो १ बजेर ६ मिनेटमा प्रशिक्षणका लागि उडान भरेको थियो। तर केही मिनेटमै विमान अनियन्त्रित हुँदै ढाकास्थित माइलस्टोन स्कुल एन्ड कलेजको खेलमैदानमा खसेर ठूलो दुर्घटना निम्तिएको हो।

प्रत्यक्षदर्शीहरूले विमान खस्दा ठूलो आवाज आएको, जमिन नै काँपेको र त्यसपछि आगलागी भएको बताएका छन्। आगो नियन्त्रणमा लिन बंगलादेशी सेना र दमकलकर्मीहरूले तुरुन्त उद्धार र राहत कार्य थालेका थिए।

बंगलादेश सरकारले मृतकको सम्झनामा मंगलबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको पहिचानका लागि आफन्तहरू अस्पताल पुगेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...