बलिउडमा तहल्का, ‘हाउसफुल ५’ को तेस्रो दिनसम्मको कमाइ ९१ करोड

Date:

काठमाडौं, जेठ २६ — बलिउड सुपरस्टार अक्षय कुमार अभिनीत फिल्म ‘हाउसफूल ५’ले रिलिजको तेस्रो दिनमा ३५ करोड रुपैयाँ आम्दानी गरेको छ। यसरी, फिल्मको तीन दिनको कुल कलेक्सन ९१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। पहिलो दिन फिल्मले २४ करोड र दोस्रो दिन ३२ करोड रुपैयाँ कमाएको थियो।

यस शृंखलाका अघिल्ला भागहरू लोकप्रिय भएका कारण ‘हाउसफूल ५’ दर्शकहरू माझ निकै प्रतिक्षित थियो। कमेडी विधामा आधारित यो फिल्म सन् २०२५ मा सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्महरूको सूचीमा शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

फिल्मको अर्को विशेषता भनेको यसपटक निर्माण टिमले दुई फरक क्लाइमेक्ससहित फिल्म रिलिज गरेको हो, जसले दर्शकहरूमा थप उत्सुकता र चर्चा सिर्जना गरेको छ।

फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, नरगिस फाखरी, ज्याकलिन फर्नान्डिज, रितेश देशमुख, संजय दत्त, ज्याकी श्राफ लगायत १९ जना कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन्। ‘हाउसफूल ५’ पाँच हजारभन्दा बढी स्क्रिनमा प्रदर्शन गरिएको छ, जसले यसको व्यापक व्यापारमा सहयोग पुर्याएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...