बाबुराम र नारायणकाजीपछि उखु किसानको धर्नामा माधव नेपाल पनि सहभागी

Date:

काठमाडौं, भदौ १० — माइतीघर मण्डलामा जारी उखु किसानको आन्दोलनमा आज पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । उनले किसानहरूसँगै धर्नामा बसेर समर्थन जनाएका हुन्।

यसअघि नै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि आन्दोलनरत किसानलाई ऐक्यबद्धता जनाउँदै माइतीघर पुगेका थिए।

सरकारले अनुदान रकम घटाएको विरोधमा किसानहरू निरन्तर आन्दोलनमा छन्। बजेट अभाव देखाउँदै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका हुन्।

आइतबारदेखि निरन्तर प्रदर्शन गरिरहेका किसानहरूले सोमबार उखु बोकेरै माइतीघरमा उपस्थित भई आक्रोश व्यक्त गरेका थिए। उनीहरूले सरकारले लिएको निर्णय फिर्ता लिन र पुरानै दरमा अनुदान उपलब्ध गराउन माग दोहोर्याएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...