बालिकालाई ठक्कर दिएर अघि बढेको मन्त्रीको गाडी, सिसिटिभीमा कैद

Date:

काठमाडौं, भदौ २१ — ललितपुरको हरिसिद्धीमा शनिबार बिहान भएको सडक दुर्घटनाले ठूलो चर्चा पाएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार रहेको सरकारी गाडीले जेब्रा क्रसिङमा बाटो काट्न लागेकी एक बालिकालाई ठक्कर दिएको र रोकिएर सहयोग नगरी भागेको दृश्य सार्वजनिक भएको हो।

घटना बिहान करिब सवा ७ बजे ललितपुर–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको सडकमा भएको थियो। को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको र त्यसपछि गाडी नरोकी सिधै अघि बढेको CCTV फुटेजमा देखिन्छ।

भिडियोमा बालिका बाटो काट्न जेब्रा क्रसिङमा पसेकी बेला गाडी ठोक्किएर उनी सडकमै लडेको प्रष्ट देखिन्छ। तर पनि गाडी तत्कालै अघि बढ्छ। पछि पछाडिबाट आउँदै गरेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई उठाएर सुरक्षित बनाएको दृश्य पनि क्यामेरामा कैद भएको छ।

स्थानीयवासीले मन्त्री सवार गाडी दुर्घटनापछि भाग्नु निन्दनीय भएको बताएका छन्। बालिकाको स्वास्थ्य अवस्थाबारे भने विस्तृत जानकारी आइसकेको छैन।

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक आक्रोश बढेको छ। धेरैले मन्त्री सवार गाडी रोकिएर कानूनी प्रक्रिया र मानवीय जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...