बालेनको उज्यालो योजना : दशैंअघि राजधानीमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने

Date:

काठमाडौं, असोज ८ — काठमाडौं महानगरपालिकाले उज्यालो महानगर योजना अन्तर्गत ‘हाई मास्ट लाइट’ जडानको काम तीव्र रुपमा अघि बढाएको छ । हालसम्म १२ स्थानमा यस्ता लाइट जडान भइसकेका छन् भने बाँकी लाइट पनि दशैं अघि जडान सक्ने तयारी गरिएको छ ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै करिब १० करोड रुपैयाँको लगानीमा ६२ वटा ‘हाई मास्ट लाइट’ स्थापना गर्ने योजना अघि बढाइएको बताएका छन् । उनले अहिले जडान भएका १२ लाइटमध्ये दुईवटा राष्ट्रिय बसपार्क (नयाँबसपार्क) क्षेत्रमा राखिएको उल्लेख गरेका छन् । बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार बसपार्कभित्र तीन वटा ‘हाई मास्ट लाइट’ जडान गर्ने योजना भए पनि हालसम्म दुईवटा मात्रै जडान भएको छ ।

यसअघि अघिल्लो कार्यकालमै राखिएका तर काम नलाग्ने अवस्थाका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई हटाएर इलेक्ट्रिकल स्ट्रिट लाइटमा परिवर्तन गरिएको छ, जसले अहिले निरन्तर उज्यालो दिइरहेको महानगरले जनाएको छ ।

महानगरपालिकाले करिब ८५ करोड रुपैयाँ लागतमा नयाँ स्ट्रिट लाइट खरिद तथा जडानको काम पनि अन्तिम चरणमा पुगेको छ । यी सबै काम सम्पन्न भएपछि काठमाडौंलाई अझ सुरक्षित, उज्यालो र आधुनिक सहर बनाउने लक्ष्य रहेको प्रमुख शाहले स्पष्ट पारेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...