बालेनको व्यङ्ग्यपूर्ण टिप्पणीले तातो बनायो देउवाको पोस्ट

Date:

काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार सामाजिक सञ्जालमा गरेको पोस्टलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन शाहले व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।

देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागी भएर सम्बोधन गरेको जानकारी फेसबुकमार्फत तस्वीरसहित सार्वजनिक गरेका थिए।

उक्त पोस्टमा बालेनले टिप्पणी गर्दै सोधे, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी?” साथै उनले थपे, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त!”

बालेनको यस प्रकारको टिप्पणी सार्वजनिक भएपछि देउवाको पोस्टमा इन्गेजमेन्ट तीव्र रूपमा बढेको छ।

यो विवादले सामाजिक सञ्जालमा चर्चा उब्जाएको छ जहाँ राजनीतिक व्यक्तिहरू बीचको सटिक व्यंग्य र प्रतिक्रिया देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...