बुद्ध एयरको घोषणा: यात्रुका लागि नयाँ होलिडे प्याकेज र काठमाडौं–कोलकाता उडान सुरु

Date:

काठमाडौं, असोज ७ — नेपाली निजी विमान सेवा प्रदायक बुद्ध एयरले काठमाडौं र भारतको कोलकाताबीचको सिधा उडान आगामी अक्टोबर १९ (कात्तिक ३ गते) देखि पुनः सुरु गर्ने भएको छ ।

यो रुटमा सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एक मात्र नेपाली कम्पनी हो । प्रारम्भिक चरणमा उक्त उडान हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार हुनेछ । काठमाडौंबाट बिहान ७ बजे उडान भर्ने विमान कोलकाताबाट स्थानीय समय अनुसार बिहान ९:२० बजे फर्किनेछ । यस रुटका लागि कम्पनीले एटीआर–७२ विमान प्रयोग गर्नेछ, जसले करिब १ घण्टा ३५ मिनेटमा यात्रा पूरा गर्नेछ ।

बुद्ध एयरले यात्रुहरूको सुविधा लक्षित गर्दै होलिडे प्याकेज समेत ल्याउने तयारी गरेको छ । यसमार्फत यात्रुहरूले कोलकाता भ्रमणसँगै जगन्नाथपुरी, गंगासागर र सुन्दरवन जस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल अवलोकन गर्न सक्नेछन् । यी प्याकेजहरू बुद्ध एयरकै भगिनी संस्था बुद्ध होलिडेजमार्फत सञ्चालन हुनेछन् ।

कम्पनीले भारतका धार्मिक तथा सांस्कृतिक पर्यटकलाई नेपाल भित्र्याउने र नेपाली यात्रुहरूलाई भारतका गन्तव्यतर्फ सहज बनाउन कोलकाता उडान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

हाल बुद्ध एयरले देशभर दैनिक ६० भन्दा बढी उडान गरिरहेको छ भने अन्तर्राष्ट्रिय तर्फ भारतको वाराणसीमा पनि नियमित उडान भर्दै आएको छ । यसअघि सन् २०१९ (वि.सं. २०७६) बाट काठमाडौं–कोलकाता उडान सुरु भए पनि कोभिड–१९ महामारीका कारण सेवा स्थगित गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...