बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेखनीय वृद्धि

Date:

काठमाडौं, असार ३२ — बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक १.२५ प्रतिशतले बढेर २७९४ अंकमा पुगेको छ। बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएपछि लगानीकर्तामा सकारात्मक संकेत देखिएको हो।

बजार परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ।

कुल १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर घटेको छ। समूहगत सूचकमा व्यापारबाहेक सबै क्षेत्रमा वृद्धि देखिएको छ। विकास बैंक समूह ३.८६ प्रतिशतले उकालो लागेको छ भने बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूह पनि सकारात्मक देखिएका छन्।

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी ग्रिन डेभलपमेन्ट बैंक, अपर हेवा खोला, कर्पोरेट डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स र बुटवल पावर कम्पनीका सेयरमा पनि उल्लेखनीय वृद्धि भएको छ।

माइखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तका सेयरमा भने केही गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा शीर्ष पाँचमा परेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...