काठमाडौँ, साउन २४ — प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा बन्धनको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीसँग राखी बाँधेका छन्। शनिबार बिहान आयोजित भेटघाटमा प्रधानमन्त्री ओलीले दिदीबहिनीको हातबाट राखी ग्रहण गर्दै शुभकामना आदान–प्रदान गरेका हुन्।
कार्यक्रमपछि उनले आफ्नो फेसबुकमार्फत यसबारे जानकारी दिँदै लेखेका छन्, “आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद।”
रक्षा बन्धनको दिन दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास र सुरक्षाको सम्बन्धको प्रतीकस्वरूप राखी बाँध्ने परम्परा छ। प्रधानमन्त्री ओलीको यस कदमलाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक रुपमा लिएका छन्।



