भारतमा कोरोना संक्रमण तीव्र, नेपालमा सतर्कता बढाउँदै स्वास्थ्य मन्त्रालय

Date:

काठमाडौं, जेठ २५ — भारतमा पुनः कोरोना संक्रमण तीव्र हुँदै गएको अवस्थामा नेपाल सरकारले उच्च सतर्कता अपनाउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती नाकाहरूमा हेल्थ डेस्क सक्रिय राखी संक्रमण नियन्त्रणका लागि तयारी थालेको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा पछिल्लो समय देखिएको संक्रमणको असर नेपालमा पनि पर्न सक्ने अघिल्ला अनुभवका आधारमा दुई सातादेखि पूर्वतयारी गरिँदै आएको हो। उनका अनुसार, भारतसँग जोडिएका १७ स्थल नाका र ३ विमानस्थलमा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने व्यक्तिहरूलाई कम्तीमा एक हप्ता आइसोलेसनमा बस्न र अवस्था गम्भीर भएमा नजिकको स्वास्थ्य केन्द्रमा जान आग्रह गरिएको छ।

देशभरका २५ वटा हब अस्पताल, २ हजारभन्दा बढी सेटलाइट अस्पताल र सातै प्रदेशका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (HEOC) सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ। यस्तै, ६ सयभन्दा बढी प्रयोगशालाबाट आउने रिपोर्टलाई केन्द्र र प्रदेश तहमा नियमित रूपमा अनुगमन गरिँदैछ।

प्रवक्ता बुढाथोकीका अनुसार आवश्यक परेमा एक लाख जनसंख्या बराबरको सम्भावित संक्रमणलाई व्यवस्थापन गर्न सक्ने स्रोत र पूर्वाधार तयार अवस्थामा राखिएको छ।

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई मास्क प्रयोग, भीडभाडबाट बच्न र लक्षण देखिए स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आह्वान गरेको छ। संक्रमण फैलिन नदिन सरोकारवाला निकायहरू बीच समन्वय बढाइएको पनि मन्त्रालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...