भूमि विवादबीच प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमण: के हुन्छ?

Date:

काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओली निकट भविष्यमा चीन र भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । तर यसबीच लिपुलेक नाकामार्फत भारत–चीन व्यापार सुरु गर्ने समझदारी भएपछि नेपाल–भारतबीचको भू-सीमा विवाद पुनः चर्किएको छ ।

ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो, जसलाई उनले आफ्नो राष्ट्रवादी छवि निर्माणको आधार बनाएका थिए । तर त्यही मुद्दा अहिले उनको आसन्न भ्रमणअघि फेरि संवेदनशील बनेको छ ।

प्रधानमन्त्री ओली भदौ १४ मा चीनमा आयोजना हुने शंघाई सहयोग संगठन (SCO) को सम्मेलनमा सहभागी हुनेछन् । त्यसपछि उनी भदौको अन्तिम साता भारत भ्रमणमा जाने कार्यक्रम छ ।

विदेश मामिलाका जानकार डा. इन्द्रा अधिकारीले कुनै स्पष्ट एजेण्डा नभएको अवस्थामा यस्तो संवेदनशील घडीमा भ्रमण गर्नु औपचारिकता मात्र हुने भन्दै सुझाव दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वदलीय बैठक बोलाउनुपर्ने र भूमि विवादलाई प्राथमिक एजेण्डा बनाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ६ बुँदे सुझाव दिएका छन् ।

यसैबीच, प्रधानमन्त्रीको भ्रमणमा सीमा विवाद उठ्ने–नउठ्ने र समाधानका सम्भावनाबारे राजनीतिक वृत्तमा चासो बढेको छ । प्रधानमन्त्री सचिवालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...