भोजपुरमा प्रेम सम्बन्धका कारण परिवारमा त्रासदी, चार जनाको हत्या

Date:

काठमाडौं, २२ असार — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ। आइतबार राति करिब १२ बजे जिल्ला प्रहरी कन्ट्रोलमा एक युवकले फोन गरी तीनजनालाई छुरा प्रहार गरेको र आफूमाथि पनि ज्यानमारा हमला भएको दाबी गरेपछि घटना बाहिर आएको हो।

प्रहरीका अनुसार घटनास्थलमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी मन्जु गिरी, १६ वर्षीया छोरी र १० वर्षीय छोरा मृत भेटिए। घटनापछि भागेका ३० वर्षीय राजेन्द्र राई केही घन्टा पछि पेटमा छुरा लागेको घाइते अवस्थामा भेटिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाए अनुसार राजेन्द्र राईको १६ वर्षीया किशोरीसँग प्रेम सम्बन्ध थियो। करीब ९ महिनासम्म उनीहरू सँगै बसेका थिए तर परिवारले सम्बन्ध स्वीकार नगरेपछि किशोरीलाई घर फिर्ता लगिएको थियो। त्यसपछि केही दिनअघि राजेन्द्र ‘श्रीमती’ लिन गएका थिए तर परिवारले दिन अस्वीकार गरेपछि विवाद भएको थियो।

राजेन्द्रले प्रहरीलाई दिएको बयानअनुसार, विवादका क्रममा परिवारले आफूमाथि आक्रमण गरेपछि प्रतिकार स्वरूप छुरा प्रयोग गरेका हुन्। तर, सबै सदस्य मृत फेला परेकाले घटनाको सत्यता पुष्टि गर्न सकिने अवस्था छैन।

राईलाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ। प्रहरीले घटनालाई ‘सामूहिक हत्या’ को संज्ञा दिँदै विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...