मलेसियन सुपर वुमन सिरिजमा नेपाली महिला क्रिकेटरको सहभागिता, टोली घोषणा

Date:

काठमाडौं, असोज ४ — मलेसियामा सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिज–२०२५ मा नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरू पनि मैदान उत्रिने भएका छन्। मलेसियन क्रिकेट एशोसिएसनले आयोजना गर्ने यो प्रतियोगिता यसपटक तेस्रो संस्करणका रूपमा हुँदैछ।

यसपटक पाँच टोली — सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन —बीच प्रतिस्पर्धा हुनेछ। अघिल्ला दुई संस्करणमा क्रमशः नर्थन क्वीन्स र वेस्टर्न वन्डर वुमन विजयी बनेका थिए।

नेपालका लागि यो सिरिज महत्वपूर्ण तयारीको अवसर पनि हो, किनकि यसपछि मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला र आगामी टी–२० विश्वकप ग्लोबल छनोट नजिकिँदैछ।

नेपाली खेलाडीको टोली विभाजन यस प्रकार छ :

  • सेन्ट्रल सुपर गर्ल्स : यशोदा बिष्ट, राजमती ऐरि, सिता राना मगर, रिया शर्मा
  • इस्टर्न लायनेस : कविता जोशी, सम्झना खड्का
  • नर्थन क्वीन्स : रुबी पोद्दार
  • साउथर्न जागुअर्स : पूजा महतो, सोमु बिष्ट
  • वेस्टर्न वन्डर वुमन : इन्दु वर्मा, सावित्री धामी, रचना चौधरी

त्यसैगरी रुबिना क्षेत्री र कविता कुँवर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय अझै खुलाइएको छैन।

यस सिरिजले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा थप अनुभव दिलाउने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...