महाधिवेशन ढिलो भए कांग्रेस कमजोर, लोकतन्त्र नै संकटमा – शेखर

Date:

काठमाडौँ, साउन ३१ – काठमाडौंमा आयोजित सोलुखुम्बु कांग्रेस जिल्ला कार्यसमितिको कार्यक्रममा नेतृ डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए। उनका अनुसार, महाधिवेशन २०८४ सालपछि मात्र गर्ने कुरा बाहिर आउनु चिन्ताजनक भएको छ, जसले कांग्रेसको भविष्य नै प्रश्नमा पार्न सक्छ।

उनले पार्टीभित्र देखिएको गुटबन्दीका कारण अनुशासन समितिसम्म विभाजित भएको उल्लेख गर्दै, कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन महाधिवेशनलाई ढिलाइ नगरी सम्पन्न गर्न आवश्यक रहेको धारणा राखे।

कोइरालाले ठूला दल मिलेर सरकार गठन भए पनि भ्रष्टाचार र दण्डहीनता झन् बढेको दाबी गरे। निजामती सेवासम्बन्धी विधेयकमा रहेको कुलिङ अफ पिरियड प्रावधानमा एमालेले नै हस्तक्षेप गरेको उनको आरोप थियो। त्यस्तै उनले भूमि सम्बन्धी विधेयक ल्याउन पनि एमाले नै अग्रसर रहेको दाबी गर्दै, त्यसको उद्देश्य खाली जग्गा हडप्ने रहेको आरोप लगाए।

उनका अनुसार, भूमि विधेयकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव राखे पनि भूमिमन्त्रीले त्यसलाई बेवास्ता गरेको थियो। यसरी कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेको पनि उनले प्रष्ट पारे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...