महावीर पुनको पहिलो निर्णय: विज्ञान, अन्तरिक्ष, बायोटेक र एआई क्षेत्रमा चार सल्लाहकार समिति गठन गर्ने

Date:

काठमाडौं, असोज ६ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेसँगै विज्ञान र प्रविधि क्षेत्रको विकासलाई गति दिन चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका छन्। पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले केशरमहलस्थित मन्त्रालय पुगेर यो निर्णयलाई औपचारिकता दिएका हुन्।

गठित समितिहरू अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रसँग सम्बन्धित कार्यमा सल्लाह दिने उद्देश्यले काम गर्नेछन्। मन्त्रालयका अनुसार समितिहरूको विस्तृत कार्यक्षेत्र प्रस्ताव तयार पारिएको छ र सदस्यहरूको नाम टुङ्गो लगाउने प्रक्रिया पछि सम्पन्न गरिनेछ।

यो कदम विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने र नीति निर्माणमा विशेषज्ञको भूमिका सुनिश्चित गर्ने उद्देश्यले उठाइएको बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...