काठमाडौं, असोज ६ — आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका नयाँ मन्त्री महावीर पुनले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। मन्त्रालयको केशर महलस्थित कार्यालयमा पुगेर उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
यसअघि जेनजी आन्दोलनको समयमा भएको आगजनीले सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा ठूलो क्षति पुर्याएको थियो। सो कारण नयाँ मन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो।
महावीर पुनसँगै आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका छन्। पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारले पनि मन्त्रीको शपथ लिइसकेका छन्।



