माग सम्बोधन नभए १८ भदौदेखि निजी विद्यालय बन्द हुने चेतावनी

Date:

काठमाडौं, भदौ १२ — सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन तीव्र पारेका छन्। उनीहरूले भदौ १८ सम्म माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका संगठनहरूले देशभर एउटै तालिकाअनुसार कार्यक्रम सार्वजनिक गरेका छन्।

आन्दोलनका मुख्य कार्यक्रमहरू

  • भदौ १२ : देशभरका जिल्ला सदरमुकाममा बिहान ११ बजे विरोधसभा हुने। काठमाडौं उपत्यकामा भने माइतीघर मण्डलाबाट सुरु हुने याली कोण सभामा परिणत हुनेछ।
  • भदौ १४–१५ : आन्दोलनलाई थप प्रभावकारी बनाउन संस्थागत स्तरमा तयारी बैठक आयोजना।
  • भदौ १६ : बिहान ११ बजेबाट विद्यालय बसमा कालोझण्डा र ब्यानरसहित देशभर प्रदर्शन। काठमाडौंमा २७ किलोमिटर चक्रपथ परिक्रमा गर्ने र जिल्लामा भने निर्धारित गतिमा नगर परिक्रमा गर्ने योजना। यसमा विद्यालय सञ्चालक, प्रिन्सिपल र पदाधिकारीहरूको अनिवार्य सहभागिता रहनेछ।
  • भदौ १७ : आन्दोलनको प्रगतिबारे समीक्षा तथा थप रणनीति तय गर्ने तयारी बैठक।
  • भदौ १८ : सबै जिल्लामा विशाल खबरदारी सभा, काठमाडौंमा पुनः माइतीघर मण्डलाबाट विरोध याली सुरु भई कोण सभामा परिणत हुने।

बन्दको चेतावनी

सञ्चालक संघहरूको भनाइमा, “भदौ १८ सम्म सरकारले माग सम्बोधन नगरेको खण्डमा, बाध्य भएर विद्यालय बन्दको घोषणा गर्ने स्थिति आउन सक्छ।”

उनका अनुसार, विधेयकमा रहेका गैरनाफामूलक प्रावधान र पूर्ण छात्रवृत्ति व्यवस्था संशोधन नगरेसम्म संघर्ष जारी रहनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...