माधव नेपाल प्रकरणमा देउवाको चासो, प्रचण्डसँग फोन संवाद

Date:

काठमाडौं, जेठ २३ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। यही मुद्दालाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोनवार्ता गरेका छन्।

स्रोतका अनुसार बिहीबार साँझ भएको फोन कुराकानीमा देउवाले उक्त मुद्दा कसरी अघि बढ्यो भन्नेबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए। प्रचण्डले शुक्रबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले फोन गरेर सोधपुछ गरेको पुष्टि गरेका छन्।

उनले भने, “देउवाजीले सोध्नुभयो — यो के भयो? अनि म अचम्म परेँ कि उहाँलाई पनि थाहा रहेनछ।”

प्रचण्डले कुरा हँसिलो ढंगले अगाडि बढेको भन्दै दुई नेताबीच केहीबेर ठट्टा पनि भएको उल्लेख गरे। साथै, उनले मुद्दा दर्ता देउवासँग मिलेमतोमा भएको होइन भन्ने कुरा आफूले बुझ्न पुगेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...