मानव अधिकार आयोगद्वारा रवि लामिछानेको कारागार जीवनको अवस्था अनुगमन

Date:

काठमाडौँ, साउन २६ – रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सोमबार भैरहवा पुगेको छ।

हाल ब्लक नम्बर–४ मा रहेका लामिछानेको बसोबास र सुविधासम्बन्धी समाचार सार्वजनिक भएपछि आयोगले प्रत्यक्ष अनुगमन गर्ने निर्णय गरेको हो। अनुगमन टोलीमा आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, तथा इन्सेक प्रतिनिधि रीमा बीसीलगायतको सहभागिता छ।

केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिइ सूचनाको अधिकारबाट वञ्चित गरिएको र बस्ने कोठा असुविधाजनक रहेको आरोप सार्वजनिक गरेका थिए। उक्त विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेलाई कुनै प्रकारको विभेद नगरिएको दाबी गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...