यातायात विभागको डेटा सुरक्षित, २५ लाख स्मार्ट लाइसेन्स छपाइको लागि तयार

Date:

काठमाडौं, असोज ३ — भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी भए पनि स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको पुष्टि भएको छ। विभागका कर्मचारीहरूले बताए अनुसार, ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा पुनः सञ्चालन गर्न सकिने अवस्था छ।

आगलागीमा छापिसकिएको १२ लाख स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख जलेर नष्ट भए। तर बाँकी ६ लाख सुरक्षित रहेको र सुरक्षित डेटा इम्बोस्ड नम्बर प्रणाली मार्फत उपलब्ध रहेको पाइएको छ।

शुक्रबार सरसफाइ कार्यक्रममा सहभागी मन्त्री कुलमान घिसिङले कर्मचारीहरूसँग डेटा रिकभरी र छपाइ तयारीबारे जानकारी लिएका थिए। उनले अत्यावश्यक लाइसेन्सका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरी लाइसेन्स छापिने व्यवस्था गरिने बताए। मन्त्री घिसिङले भने, “विदेश जानेहरूको अत्यावश्यक लाइसेन्स आवश्यक परे राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट छापिनेछ।”

विभागका अनुसार हाल २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ। त्यसका लागि तत्काल टेन्डर आह्वान गरिने तयारी भइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...