यातायात व्यवसायीको आन्दोलनमा १४ जनाको पक्राउ, अनुसन्धान जारी

Date:

काठमाडौं, जेठ १९ — गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक सवारी साधन बन्द गराउने प्रयासमा संलग्न रहेका १४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, पक्राउ पर्नेहरू मध्ये १२ जना काठमाडौंबाट र २ जना पूर्वी नवलपरासीबाट पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

यातायात व्यवसायीहरूको आन्दोललाई लिएर विभिन्न राजनीतिक समूहहरूको धारणा विभाजित देखिएको छ। राजावादी समूहका नेता नवराज सुवेदीले सोमबारका लागि बन्दको आह्वान गरेका थिए, तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफ्नो पार्टीको समर्थन नभएको स्पष्ट पारेका छन्।

यसअघि बन्दको सन्दर्भमा पक्राउ परेका नेताहरू कमल थापा र दीपक सिंह आइतबार साँझ नै रिहा भइसकेका छन्। बन्दका कारण काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा यातायात प्रभावित बनेको छ भने सर्वसाधारणलाई दैनिक यात्रा गर्न समस्या भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...