३० असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समर्थन जनाउँदै पार्टीको केन्द्रिय कार्यालय बनस्थली (घण्टीघर) पुगेका छन्।
रास्वपाले आफ्नो सभापतिविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो, जसले व्यापक समर्थन पाएको छ।
डा. सिके राउत र रवि लामिछानेबीच राजनीतिक सहकार्य र एकता पनि चर्चा भइरहेकै बेला राउतको यो कदमले लामिछानेको समर्थनमा थप बल पुर्याएको छ। हस्ताक्षर अभियानमा विभिन्न क्षेत्रका नागरिक, राजनीतिज्ञ, पूर्व न्यायाधीश, कलाकार र आम जनताले सहभागिता जनाइरहेका छन्।
यो अभियानले रवि लामिछानेमाथि लागेको आरोप र कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा देखाउँदै विरोध स्वरूप चलाइएको छ। डा. सिके राउतको हस्ताक्षरका साथ यो अभियान अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।



