रवि लामिछाने बस्ने कोठामा सुविधाको अभाव :राष्ट्रिय मानवअधिकार आयोग

Date:

काठमाडौँ, साउन २६ – रुपन्देहीस्थित कारागारको अनुगमनपछि राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा अध्यक्ष रवि लामिछानेलाई राखिएको कोठामा आधारभूत सुविधा नपाएको तथ्य सार्वजनिक गरेको छ। आयोगका प्रतिनिधिहरूका अनुसार कोठामा वातानुकूलन (एसी) छैन र झ्याल प्लाईउडले छोपेर बन्द गरिएको छ, जसका कारण हावा सहजै पास हुने अवस्था छैन।

आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी रहेका र पर्याप्त शौचालय सुविधा नहुनुका साथै विद्यमान शौचालयहरूको अवस्था पनि कमजोर भएको बताइन्। उनका अनुसार रविको कोठामा एउटा सामान्य चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो पंखा मात्र राखिएको छ।

जेल प्रशासनले सुरक्षा कारण देखाउँदै झ्याल टालिएको स्पष्टीकरण दिएको छ। तर आयोगको आग्रहपछि झ्याल खोल्न प्रशासन सहमत भएको पनि प्रवक्ता थापाले जानकारी दिइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...