राष्ट्रपतिद्वारा कावासोतीमा वृक्षारोपण, ११औं चुरे संरक्षण दिवस मनाइयो

Date:

काठमाडौँ, असार २ — चुरे तराई मधेश संरक्षण विकास समितिको स्थापना दिवसको अवसरमा सोमबार देशभर ११औं चुरे संरक्षण दिवस मनाइएको छ। यस अवसरमा नवलपुरको कावासोतीमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वृक्षारोपण गर्दै दिवसको औपचारिक शुभारम्भ गरेका हुन्।

चुरे तराई मधेश संरक्षण विकास समिति २०७१ असार २ गते स्थापना भएको हो र यसले चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन र पारिस्थितिकीय सेवाको संवर्धनमार्फत गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको छ।

समितिको तथ्यांक अनुसार, अहिलेसम्म २ करोड ९३ लाखभन्दा बढी बिरुवाहरू उत्पादन तथा वितरण गरिएका छन्। नदी किनारमा ४१२ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ भने १३९ वटा सिमसार क्षेत्र संरक्षणमा परेका छन्। १५ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको समितिको अभिलेखमा उल्लेख छ।

देशभरि फैलिएको चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएर रहेका छन्। ललितपुरमा मुख्य कार्यालय राखिएको समितिले चितवन, बुटवल, सलकपुर, जनकपुर, लम्की लगायतका स्थानमा क्षेत्रीय कार्यान्वयन इकाईमार्फत कार्यक्रमहरू संचालन गर्दै आएको छ।




एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...