काठमाडौं, भदौ २४ — राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। घटनाका क्रममा सरकारी कार्यालय, राजनीतिक नेताहरूका निवास तथा अन्य कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको छ।
जेनजी आन्दोलनले सुरु गरेको विरोध प्रदर्शनमा सोमबारदेखि देशभर सक्रिय भएका युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीलाई चुनौती दिएका हुन्।
प्रहरीले गोली चलाउँदा २१ जनाको मृत्यु भएपछि प्रदर्शन थप आक्रामक बनेको छ। राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले सरकारी संरचना र नेताहरूका निवासमाथि आक्रमण बढाएका छन्।



