काठमाडौं, असार ४ — राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भइसकेको विधेयक बुधबार राष्ट्रपति कार्यालयमा प्रमाणीकरण गरिएको हो।

बुधबार प्रमाणीकरण गरिएको यस विधेयकले विश्वविद्यालयको व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित कानुनी पक्षलाई औपचारिकता प्रदान गरेको छ।



