काठमाडौँ, २८ भदौ – प्रधानमन्त्री सुशीला कार्की शनिबार जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छिन्। हिजो उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि यो उहाँको पहिलो औपचारिक भेटघाट हो।
प्रधानमन्त्री कार्कीले अस्पतालमा भर्ना भएका घाइतेहरूसँग व्यक्तिगत रूपमा भेटेर उनीहरूको उपचार अवस्थाबारे जानकारी लिइन्। साथै, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग छलफल गर्दै आवश्यक स्वास्थ्य सुविधा र सहयोग सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिन्।






