राष्ट्रिय सभाले उल्टायो प्रतिनिधि सभाको निर्णय, सामाजिक सुरक्षा कोष हट्यो

Date:

काठमाडौं, १७ भदौ — संघीय निजामती सेवा विधेयकको विवादास्पद दफा ५२ मा प्रतिनिधि सभाले गरेको निर्णय राष्ट्रिय सभाले उल्टाइदिएको छ।

मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित संशोधन अनुसार, अब निजामती कर्मचारी र उनका परिवारजनलाई औषधोपचारका लागि स्वास्थ्य बीमा बोर्ड मार्फत योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू हुने भएको छ।

यसअघि प्रतिनिधि सभाले सम्बन्धित दफामा सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध गर्ने व्यवस्था मिलाएको थियो। तर राष्ट्रिय सभाले “स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको बोर्ड” मार्फत योजना अघि बढाउने स्पष्ट निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले पनि यस विषयमा सिफारिस गर्दै पत्राचार गरेको थियो। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समितिमा प्रत्यक्ष पहल गरी संशोधन गराउन सक्रियता देखाएका थिए।

यससँगै, लामो समयदेखि विवादमा रहेको निजामती कर्मचारीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्थापन अब स्वास्थ्य बीमा बोर्ड मार्फत लागू हुने पक्का भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...