रास्वपाले संसद् विरोध जारी राख्ने घोषणा, गृहमन्त्रीको राजीनामा माग : रास्वपा प्रमुख सचेतक परियार

Date:

काठमाडौं, १ असार — भिजिट भिसा दुरुपयोग प्रकरणको सन्दर्भमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा आफ्नो विरोध कायमै रहने स्पष्ट पारेको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सहमति गरेर संसद अवरोध खोल्ने निर्णय लिँदा आफूहरूलाई छल गरिएको दाबी गरे। उनले भने, “हामीले उठाएको मुद्दा निष्कर्षमा नपुगेसम्म हाम्रो विरोध जारी रहनेछ।”

सभामुख देवराज घिमिरेले सदनको सहज सञ्चालनको लागि रास्वपाका नेताहरूसँग छलफल गरेका थिए। तर रास्वपाले माग सुनुवाइ नभएसम्म आफ्नो अवरोध नहटाउने अडान लिएको हो। यसै कारण आजको संसद बैठक समयमै सुरु हुन सकेन।

सभामुख घिमिरेले आज बिहान रास्वपाका कार्यवाहक अध्यक्ष डा. डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै भेट गर्दै बजेट सत्र अवरुद्ध नगर्न अनुरोध गरेका थिए। उनले संवैधानिक दायित्वअनुसार बजेट माथिको छलफल अनिवार्य रहेको बताएका छन्।

यस अवरोधका बीचमा संसदको नियमित कार्यसूची प्रभावित भइरहेको छ भने सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक सहमतिका प्रयास पनि जारी छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...