रुसमा यात्रु विमान दुर्घटना: सबै यात्रुको मृत्युको आशंका

Date:

काठमाडौं, साउन ८ — रुसको पूर्वी भूभाग, अमुर क्षेत्रमा पर्ने टिन्डाको घना जंगलमा एउटा पुरानो सोभियतकालीन एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्टअनुसार, विमानमा रहेका सबै ५० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए। रोयटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उद्धृत गरेअनुसार, सो विमान साइबेरियाको ब्लागोभेसेन्स्कबाट टिन्डा तर्फ जाँदै गर्दा उडानको क्रममा राडार सम्पर्कबाट बाहिरिएको थियो।

दुर्घटनापछि खोज र उद्धारका लागि पठाइएको एमआई–८ हेलिकप्टरले जंगलको बीचमा विमान जलिरहेको अवस्थामा देखेको थियो। सोही आधारमा विमान दुर्घटनाको पुष्टि गरिएको हो। सामाजिक सञ्जालमा फैलिएको एक भिडियोमा बाक्लो वनक्षेत्रमा विमान खसेको दृश्य देखिन्छ, यद्यपि उक्त भिडियो पुष्टि भइसकेको छैन।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभले घटनाको पुष्टि गर्दै सबै यात्रुको ज्यान गएको हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। रूसी आपतकालीन सेवाकी प्रवक्ता युलिया पेतिनाले घटनाको अनुसन्धान सुरु भएको जनाउँदै उद्धारकर्मीहरू स्थलमा पठाइएको जानकारी दिइन्।

दुर्घटनाको कारण अहिलेसम्म खुलासा नभए पनि, ५० वर्ष पुरानो विमानको अवस्था र प्रविधि पनि एक कारण हुन सक्ने अनुमान गरिँदैछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...