लगातार पहिरोले सडक अवरुद्ध, यातायात मन्त्रालयमा आपतकालीन बैठक

Date:

काठमाडौं, असोज ४ — देशका प्रमुख राजमार्गहरूमा लगातार पहिरो खसेपछि यातायात मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ। शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन, जसका कारण सयौं यात्रु बाटैमा अलपत्र परेका छन्। सडक विभागका अनुसार डोजर परिचालन गरिए पनि लगातार पहिरो खसिरहेकाले जोखिम मोल्न नसकिएको हो।

यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालय, सडक विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी तथा मजदुर प्रतिनिधिहरू सहभागी भएका छन्। बैठकमा सडक अवरोध हटाउने तत्कालीन प्रयास, यात्रुलाई वैकल्पिक मार्गतर्फ पठाउने सम्भावना, तथा लामो समयसम्म निरन्तर पहिरो खसिरहेमा आपतकालीन व्यवस्थापनबारे छलफल भएको छ।

चितवनको इच्छाकामना–६, तुइनखोला क्षेत्रमा बारम्बार पहिरो खसिरहेकोले डोजर परिचालन गरे पनि तत्काल काम अगाडि बढाउन नसकिएको ट्राफिक प्रहरीले जनाएको छ। यस्तै, कोशी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानहरूमा पनि पहिरोले अवरोध ल्याएको छ। प्रहरीले सबै सडक खुलाउने प्रयास जारी रहेको बताएको छ।

सडक लगातार अवरुद्ध भएपछि यात्रुहरूले असुविधा भोग्नुपरेको छ भने मन्त्रालयले तत्काल वैकल्पिक व्यवस्था र दीर्घकालीन समाधानबारे छलफल गरिरहेको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...