लम्जुङ सुपर न्यादी जलविद्युत् आयोजनामा पहिरोले एकको मृत्यु, तीन घाइते

Date:

काठमाडौँ, साउन २४ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माण भइरहेको ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनास्थलमा आज दिउँसो पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्दै आएका ४४ वर्षीय लगनध्वज गुरुङ पहिरोमा पुरिँदा ज्यान गुमाएका हुन्। घाइते हुनेमा दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ का ३५ वर्षीय प्रितम लामा र प्यूठानको झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट रहेका छन्। उनीहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार घटनाको समयमा कामदारहरू क्याम्पमा खाना खाँदै थिए। पहिरो खस्नेबित्तिकै भाग्ने क्रममा चार जना त्यसमा परेका थिए, जसमा एकको मृत्यु र तीन जना घाइते भएका हुन्। उक्त क्याम्पमा करिब ४० जना कामदार बस्दै आएका थिए र बाँकी सबै सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...