लिपुलेक सम्बन्धी भारत-चीन सहमति नेपालका लागि स्वीकार्य छैन: गगन थापा

Date:

काठमाडौं, भदौ ५ – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले लिपुलेक सम्बन्धी भारत र चीनबीच भएको सहमति नेपालका लागि अस्वीकार्य भएको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले दुई छिमेकी राष्ट्रले गरेको कदम आपत्तिजनक भएको उल्लेख गर्दै नेपाल सरकारले यो विषयलाई राष्ट्रिय एजेन्डा बनाएर सबै दललाई समेट्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

“दुई छिमेकीले हाम्रो भूमिसम्बन्धी गरेको सहमति स्वीकार्य छैन। सरकारले यसबारे गम्भीर पहल गर्नुपर्छ,” उनले भने।

थापाले यो विवादलाई आन्तरिक राजनीतिको विषय बनाउन नहुने स्पष्ट गर्दै सबै दल एकताबद्ध भएर भारत र चीनलाई कडा सन्देश दिनुपर्नेमा जोड दिए। “हाम्रो प्रतिस्पर्धा आ–आफ्नो ठाउँमा छन्। तर राष्ट्रिय स्वाधीनताको विषयलाई घरेलु राजनीति बनाउन हुँदैन। उग्र राष्ट्रवादतिर पनि लाग्नु हुँदैन,” उनको भनाइ थियो।

उनले हिजोको जस्तै आज पनि दलहरू एकै ठाउँमा उभिनुपर्ने समय आएको भन्दै नेपाली कांग्रेसका तर्फबाट दलहरूलाई राष्ट्रिय हितमा साझा कदम चाल्न आग्रह गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...